Loading...
महरा यौन काण्ड, सुनकाण्ड, निर्मला हत्या प्रकरणमा समेत निक्कमा सरकार मौन – नेता यादव

ओम प्रकाश यादव

रौतहट, २३ असोज ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नं ३ का पुर्व सांसद जितेन्द्र यादवले कम्युनिष्ट सरकारले झुठा आश्वासन दिएर चुनाव जितेको आरोप लगाएका छन ।
कटहरीया नगरपालिका वडा नम्बर ६ फत्तेपुर र ७ बगही बाट आजदेखी वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रमको सुभारम्भ गर्दै पुर्व सांसद यादवले दुई तिहाईको सरकारले झुठा आस्वाशन दिएर चुनाव जितेको आज ३ बर्ष बिति सक्दा पनि गरिब जनताले कुनै सुबिधा नपाएको बताउनुभएको छ ।
नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ३ ले वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम अभियानको रुपमा सुरु गरेको छ ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दसै,दिपाबली तथा छठ पर्वको शुभ उपल्क्षयमा नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर ३ ले वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम अभियानको रुपमा सुरु गरेको हो ।
विहिबार रौतहटको कटहरीया नगरपालिका वडा नम्बर ६ फत्तेपुर र ७ बगही बाट सुरु गरिएको वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम कार्तिक १३ गते सम्म निरन्तर संचालन हुने रौतहट क्षेत्र नम्बर ३ का पुर्व सांसद जितेन्द्र यादवले जानकारी दिएका छन ।
कटहरीया नगरपालिका ६ र ७ मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि जितेन्द्र यादब (सुनिल) ले वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रम मार्फत क्षेत्र नम्बर ३ का सम्पर्ण बासिन्दाहरुका गुनासाहरुलाई क्रमबद्ध रुपले केन्द्र सम्म पु¥याउने बाचा समेत गरेका थिए ।
क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले यस क्षेत्र लाई धुवा रहित क्षेत्र बनाउने जुन अठोट लिएका छन,यो बिकासको राम्रो पक्ष हो, तर एक सिलिण्डर ग्यास बाडेर यो क्षेत्र धुवा रहित हुदैन, भोलि ग्यास सकियो भने गरिव जनताले चौध सय रुपैया कहाबाट ल्याउछन् भन्ने पुर्ब सांसद यादवले औल्याएका छन् ।
कम्युनिष्ठ सरकारको बढ्दै गएको भ्रष्टाचार,हत्या,हिंसा र तानासाहीको बिषयमा सांसद यादवले छलफल समेत गरेका थिए । सो कार्यक्रममा नेपाल बिद्यार्थि संघका निवर्तमान केन्द्रय सदस्य राजाबाबु प्रसाद साहले हालै देशमा भएको महराको यौन काण्ड,सुन काण्ड,निर्मला हत्या प्रकरण तथा ह्वाईट वडि प्रकरण हुदा समेत कम्युनिष्ट सरकारले कुनै कदम चाल्न नसकेको अबस्थामा रौतहटको कटहरीया नगरपालिकामा शिक्षक सरुवाको बिषयलाई लिएर १४ जना निर्दोस बिद्यार्थीले गरेको सानो गल्ति माथि सार्बजनिक मुद्धा चलाउनु यो कति सम्मको जायज हो । उनले बिद्यार्थिहरुले गरेको तोडफोडमा २ करोड ५० लाखको बिल भौचर हराउनु पनि कम्युनिष्ठहरुको चाल रहेको बताए । सो वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रममा रौतहट क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति राम भरोस यादव,हरी देव यादव,बिद्यार्थी नेता मनोज जयसवाल,राजेश यादब लगायत वडा अध्यक्ष तथा बिभिन्न नेताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा दुई सय भन्दा बढिले बिभिन्न पार्टि प्रत्याग गरि काग्रेसमा प्रवेश गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *