Loading...
यस्तो छ राष्ट्रपति सीको नेपाल भ्रमणको दुइ दिने तालिका, यस बिषयमा हुने छ सम्झौता

सरोज खिलाडी

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् । यस वर्तामा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुनेछ ।

यस्तो छ भ्रमण तालिका

१) शनिबार बेलुकी ४ः३० बजेदेखि ५ः३० बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
२) ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलविनासमा भेटवार्ता गर्ने
३) करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी

आइतबार

१) नेपाल–चीनबीच औपचारिक वार्ता, बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय
२) चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता
3) १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२ः३० बजे स्वदेश फर्कने कार्यक्रम

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *