
२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको उच्च सम्मान गर्न सबैमा आग्रह गरेका छन् ।
सी भ्रमणको पूर्वसन्ध्यामा पोस्टर च्यात्नेलगायतका गतिविधि भइरहेका छन् । सामाजिक सञ्जालमा पनि भ्रमण विरोधी सामग्री पोस्ट भइरहेका छन् । भट्टराईले अतिथि देवो भवः को नेपाली संस्कार स्मरण गराउँदै सीको अनादर नगर्न सबैसँग आग्रह गरेका छन् । ट्विटमार्फत सीको स्वागत गर्दै भट्टराईले लेखेका छन्, ‘कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं ।’
दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने अनुमान गरिएको छ ।
Facebook Comments