Loading...
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु,  ४० भन्दा बढी घाइते

२४ असोज, काठमाडौं । बिहान ९ः५५ बजे सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जना यात्रुको ज्यान गएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गएको छ । दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।

दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *