Loading...
चीनका राष्ट्रपति सी नेपाल आउदा बिरोध गर्न सक्ने आशंकामा समाजबादी नेतृ साह पक्राउ

२४ असोज, सप्तरी । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले समाजवादी पार्टीकी नेतृ सुनीता साहलाई सप्तरी सदरमुकाम राजविराजबाट नियन्त्रणमा लिएको हो । सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।

चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् । २३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।
सोही घटनालाई लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि चीनका राष्ट्रपतिको भ्रमणको बेला प्रदर्शन गर्न सक्ने आशंकामा उनलाई पक्राउ गरिएको छ ।

पक्राउ परेकी साहले आफ्नो फेसबुकमा चीनका राष्ट्रपति नेपाल आउन लाग्दा नेपाल सरकारले गरिरहेको खर्चको विरोधसमेत गरेकी थिइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *