Loading...
आफनै पार्टीका गद्दारहरुको कारण राजपाले सोचे जस्तो नतिजा ल्याउन सकेन – सांसद साह

ओम प्रकाश यादव
असोज २४ गते, रौतहट । रौतहटको प्रदेश सांसद राजपाका बाबुलाल साहले मधेशको विकासमा कम्युनिष्ट सरकार बाधक रहेको आरोप लगाएका छन । मधेशीलाई यो सरकारको हेर्ने दृष्टिकोण नै फरक रहेको भन्दै साहले जहिले पनि मधेशीलाई यो सरकारले अधिकार दिन नचाहेको बताए । कम्युनिष्ट सरकार मधेशी जनताको साथै मधेशमा परिवर्तन र विकास पनि हेर्न नचाहेको उहाँले बताउनुभयो ।
कम्युनिष्ट सरकार भ्रष्टाचारमा डुवेको पनि उहाँले आरोप लगाउनुभयो । अहिलेको नेकपा सरकार इतिहासकै सबैभन्दा बढी भ्रष्ट रहेको उहाँले बताउनुभयो ।
केन्द्रदेखी प्रदेश सम्म आफै भ्रष्टाचारमा लिप्त रहेको नेकपाका केहि नेताले उल्टै प्रदेश २ को सरकार भ्रष्ट रहेको भन्दै जनतामा भ्रम फैलाउने कार्य गरिरहेको प्रदेश सांसद साहले बताए । हिन्दुहरुको महानपर्व शुभ दिपावली एवं छठको अवसरमा रौतहट क्षेत्र नं ३ स्थित माध्यमिक विद्यालय कटहरियामा राजपा नेपालका कटहरिया नगर कमिटिले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रदेश सांसद बाबुलाल साहले उक्त कुरा बताएका हुन । केपी ओली नेतृत्वको सरकारले काण्डै काण्डमा फसेको कारण दिन प्रदिदिन देशको अवस्था नाजुक हुँदै गएको उनले बताए । रौतहट क्षेत्र नं १ को क विद्यान सभाबाट राजपा नेपालबाट प्रदेश सांसदमा निर्वाचित साहले मधेशी जनताको मतबाट चुनाव जितेर कम्युनिष्ट सरकारले मधेशीलाई नै अन्या गरेको बताए ।
सरकारले संविधानमा मधेशी, थारु, आदीवासी, जनजाती, मुस्लिम लगाएतका समुदायलाई कुनै हक अधिकार नदिई चरम विभेद गरेको भन्दै यस्तो विभेदकारी संविधान संशोधन नभएसम्म राजपा नेपाल कुनै पनि हालतमा संविधानलाई स्वीकार गर्न नसक्ने उहाँले बताउनुभयो । एक अर्को प्रसंगमा बोल्दै सांसद साहले आफनै पार्टीका केहि गद्दारहरुको कारण गत निर्वाचनमा रौतहटमा राजपाले सोचे जस्तो नतिजा ल्याउन नसकेको पनि बताए । गत संसदिय निर्वाचनमा पार्टीका नेता गोविन्द चौधरीले धोका दिएका कारण क्षेत्र नं ३ मा राजपा पराजय भएको उहाँले दावी गर्नुभयो ।
रौतहटको सबै क्षेत्रमा राजपाको पकर बलियो रहे पनि आफनै पार्टीका चौधरी जस्तो अरु केहि गद्दारहरुले निर्वाचनको मुख्मै आएर धोका दिदा राजपाले क्षेत्र नं १ बाहेक अरु क्षेत्रमा जित्न नसकेको उनले बताए ।
प्रदेश सांसद साहले सरकार नछाडेसम्म समाजवादी पार्टी नेपालसँग राजपाले कुनै हालतमा एकता गर्ननसक्ने पनि बताए ।
उनले समाजवादी पार्टीले सरकार छाडेर संविधान संशोधन गर्ने पक्षमा लागेपछि आफुहरु जुनसुकै बेला पनि समाजवादीसँग एकता गर्न तयार रहेको बताए । समाजवादी पार्टीले सतामा बसेर मधेशीलाई धोका दिने बाहेक अरु केहि गर्न नसक्ने उहाँले टिप्प्णी गर्नुभयो ।
सरकारले संवधान संशोधन गरेर मधेशको अधिकार नदिएसम्म आफुहरुको आन्दोलन जारी नै रहने उनले बताए ।
मधेशी जनताको हक अधिकार एक मात्र पार्टी राजपाले दिलाउने भन्दै कसैको लोभ लालचमा नपरी आफना पार्टीलाई मजवुत बनाउनको लागि उहाँले सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सरकारले मधेशीलाई चारैतिरबाट नियन्त्रणमा लिन खोजेको छ । कम्युनिष्ट सरकार भारतिय नम्बर प्लेटको गाडिलाई ३० वटा भन्दा बढी भन्सार कटाउन नपाईने भन्दै पछिलो समय गरेको निर्णयले मधेशीमाथी यो सरकार पुरै अन्या र अत्याचार गर्न थालेको कुरा प्रष्ट भएको प्रदेश सांसद बाबुलाल साहले स्पष्ट गरेका हुन । त्यसैले मधेश विरोधी पार्टीलाई आउने चुनावमा मधेशी जनताले फेरी पनि अघिलो चुनाव जस्तै पराजित गर्नुपर्ने आवश्यक्ता रहेको उहाँले विश्वास गर्नुभयो । राजपाका रामाकान्त चौरसियाको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा राजपाका जिल्ला संयोजक गिता देवी महतो, राजपाका केन्दिैय सदस्य खेन्हा राय यादव, नागेन्द्र ठाकुर, कमलेश सिंह, दुर्गा साह लगाएतका व्यक्तिहरुले आ आफनो मन्तव्य दिँदै पार्टीलाई मजबुत बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
पुर्व प्रधानाध्यापक एवं राजपा नेपालका जिल्ला सदस्य योगेन्द्र यादव कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उमाकान्त सहनी स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा कटहरिया नगर अन्तर्गतका विभिन्न वडाका राजपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैविच कटहरिया नगरपालिकामा पार्टीलाई बलियो बनाउनको लागि १९ सदसीय नगर तदर्थ कमिटि पनि गठन गरिएको छ ।
समितिको अध्यक्षमा दुर्गा साहलाई चएन गरिएको छ भने सदस्यहरुमा राजेश्वर चौरसिया, रामजन्म दास, विजय प्रकाश रौनियार, नागेन्द्र ठाकुर लगाएतका व्यक्ति रहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *