Loading...
सर्लाहीमा नेकपा-कांग्रेसलाइ सखाप पार्दै अध्यक्ष यादवले भित्राएका सयौ जुझारु नेता-कार्यकर्ता

ओम प्रकाश यादव रौतहट २५ असोज । समाजबादी युवा संघका अध्यक्ष तथा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज फेरी ठुलो मात्रामा कांग्रेस र नेकपाका नेतालाई आफना पार्टी समाजवादीमा भित्राएका छन । केहि दिन अघि पनि कांग्रेस र नेकपाका नेतृत्व गर्न सक्ने हैसियत र क्षमता भएको दर्जनौ नेताहरुलाई पार्टीमा भित्राएको कृषि राज्य मन्त्री यादवले आज फेरी सर्लाहीमा सयौंै नेता कार्यकर्तालाई समाजवादी पार्टीमा प्रवेस गराएका हुन । समाजवादी पार्टी बलरा नगर समितीले आज शनिवार बलरा सर्लाहीमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सयौंको संख्यामा नेपाली कांग्रेस र नेकपा परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका छन । नेपाली कांग्रेसका नगर नेता हरिनन्दन महतो , गोविन्द सहनी , कपुरचन साह लगायतका नेताहरुको संयुक्त नेतृत्वमा सयौंको संख्यामा कांग्रेस र नेकपा परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन । केन्द्रीय नेता एवं प्रदेश सरकारका कृषि राज्यमन्त्री तथा समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष योगेन्द्र यादव ,उदय कान्त मिश्रा , प्रदेश सांसद अशोक यादव ,सपाका जिल्ला ईन्चार्ज राजेश सिंह ,सिमा सिंह सहितका नेताहरुले नव प्रवेसीहरुलाई फुलमालाले स्वागत गरि पार्टीमा प्रवेश गराएका छन । समाजवादी पार्टीको विचार, निती र सिद्धान्त हेरेर आफुहरु समाजवादी पार्टीमा आएको नव प्रवेसीहरुले बताएका छन । उनिहरुले समाजवादी पार्टी मात्रै देश र मधेशको विकास गर्न सक्ने बताएका थिए । ठुलो हस्ती भएको क्षमतावान नेताहरु समाजवादीमा आएपछि समाजवादी पार्टी झन बलियो भएको कृषि राज्य मन्त्री यादवले बताउनुभयो । समाजवादी पार्टीका बलरा नगर कार्य समितिका अध्यक्ष जवाहर झाको सभापतित्वमा भएको पार्टी प्रवेस कार्यक्रमको संचालन जिल्ला नेता रविन्द्र रायले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *