Loading...
प्रदेश सरकारको राम्रा काम हेर्दा नेकपाका नेताहरु आतिएर गाली गलौजमा उत्रियो ः मन्त्री यादव

ओम प्रकाश यादव रौतहट २५ असोज । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले प्रदेश २ को सरकारले गरिरहेको राम्रा काम देखेर यहाँका नेकपा आतिएर गाली गलौजमा उत्रेको बताएका छन । आफनो अहंकार र मधेशीलाई हेप्ने प्रवृतिका कारणले नै प्रदेश २ मा सरकार बनाउन नसकेका नेकपा २ को नेतृत्वले प्रदेश सरकारको काम देखेर आतिएर गाली गलौज गर्न थालेको राज्य मन्त्री यादवले बताएका हुन । शुभ दिपावली एवं छठ पर्वको अवसरमा समाजवादी पार्टी बलरा नगर समितीले सर्लाहीको बलरामा आज शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादवले प्रदेश २ को सरकार मधेशी जनताको ईच्छा र चाहना अनुसार काम गर्दा प्रदेश २ को नेकपाका केहि नेताहरुले अहिले प्रदेश २ सरकारलाई बदनाम गर्ने षडयन्त्रमा लागेको बताउनुभयो । मधेशमा विकास र समृद्धि हेर्न नचाहने नेकपा प्रदेश २ का एक नेताले प्रदेश सरकार भ्रष्ट रहेको भन्दै जनतामा भ्रम फैलाउन थालेको उहाँले बताउनुभयो । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्य मन्त्री यादवले नेकपाका नेताहरुको एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको र आफै भ्रष्टाचारको चुंगुलमा फसेको भएपनि नेकपा २ को नेतृत्वले उल्टै प्रदेश २ सरकार नै भ्रष्ट रहेको भन्दा लाज पनि नलागेको बताए । आफै भ्रष्टाचारमा डुवेको सरकार नेकपाका नेताले आफुले गरिरहेको भ्रष्टाचार र कालेकर्तुत विर्सेर अरुको बारेमा लाछना लगाउँदा हासो लागेको उनले बताए । केन्द्रदेखी प्रदेश सम्म आफै भ्रष्टाचारमा लिप्त रहेको नेकपाका केहि नेताले उल्टै प्रदेश २ को सरकार भ्रष्ट रहेको भन्दै जनतामा भ्रम फैलाउने कार्य गरिरहेकोप्रति रौतहट क्षेत्र नं १ को ख बाट निर्वाचित प्रदेश सांसद यादवले आक्रोस व्यक्त गर्नुभयो । प्रदेश २ मा समाजवादी र राजपाको बहुमतका साथै पकड बलियो रहेको देखेर विपक्षीहरु आतिएर प्रदेश २ सरकारको बारेमा गलत, कपोकल्पित, झुठा एवं भ्रामक प्रचारवाजी गरिरहेको भन्दै कृषि राज्य मन्त्री योगेन्द्र यादवले यस्ता भ्रामक, झुठा एवं गलत प्रचारवाजीको पछि नलाग्न जनतालाई आग्रह गरेका हुन । नेकपाका एक नेता प्रति लक्षित गर्दै मन्त्री यादवले भने अहिले उनले प्रदेश सरकारको बारेमा धेरै गलत कुराहरु भन्दै हिन्न थालेका छन म ति महान नेतालाई चुनौति दिन चाहन्छु कि पहिला तपाईको पार्टी नेकपाका ठुल ठुला नेताज्युले ३३ किलो सुन, वाइडवडी जहाज खरिदमा गरेको भ्रष्टाचार सार्वजनिक गरेर कार्यवाही गरेर देखाउनु अनि मात्रै प्रदेश २ सरकारमाथी औला उठाउनुहोला । नेकपाले गलत प्रचार गरेर जति फुर्ति लगाए जति उफ्रिन खोजेपनि प्रदेश सरकारलाई कुनै फरक नपर्ने उनले बताए । मधेशी जनताले समाजवादी पार्टीलाई धेरै विश्वास र आस गरेकाले कसैले गलत प्रचार गर्दैमा यो सरकारलाई कुनै फरक नपर्ने र आउँदा निर्वाचनमा प्रदेश २ मा फेरी राजपा र समाजवादी पार्टीकै सरकार बन्ने कृषि राज्य मन्त्री यादवले दावी गर्नुभयो । जहिले पनि मधेशको हक अधिकार दिन नचाहने र मधेशमा विकास एवं परिवर्तन भएको हेर्न नचाहन्ने नेकपालाई प्रदेश २ का जनता आउँदो निर्वाचनमा फेरी तह लगाउनेमा कुनै दुई मतको कुरा नरहेको उहाँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *