Loading...
अगामी निर्वाचनपछि प्रधानमन्त्री उपेन्द्र यादव हुने राज्यमन्त्री योगेन्द्र यादवको ठोकुवा

ओम प्रकाश यादव असोज २५ गते, रौतहट । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले अबको सरकार समाजवादी पार्टीको नेतृत्वमा बन्ने ठोकुवा गरेका छन । श्ुभदिपावली एवं छठको अवसरमा सर्लाहीको बलरामा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै राज्य मन्त्री यादवले अगामी निर्वाचन पछि समाजवादी पार्टी नेपालकै नेतृत्वमा सरकार बन्ने र उक्त सरकारका प्रधानमन्त्री पार्टी अध्यक्ष उपेन्द्र यादव बन्ने दावी गरेका छन । कृषि राज्यमन्त्री यादवले अगामी निर्वाचनमा बहुमत सहित समाजवादी पार्टी विजयी हुने र यसैको नेतृत्वमा सरकार बन्नेमा ढुक्क रहन आफना नेता कार्यकर्तालाई आग्रह गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *