
२५ असोज, गौशाला । महोतरीको गौशालामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव सहित अन्य सहभागी हुने अतिथिका लागि खानेकुरा पकाउनका लागि ल्याइएको ग्यास ग्यास पड्किँदा चार जना घाइते भएका छन् ।
समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । घाइते हुनेमा गौशाला नगरपालिका ८ निवासी २७ बर्षीय ओम प्रकाश यादव, २८ बर्षीय कौशल यादव, १७ बर्षीय सन्तोष पासवान र सोही उमेरका रिकेश यादव छन् ।
उनीहरुको अहिले जनकपुरस्थित निजी अस्पताल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
Facebook Comments