Loading...
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनादवारा गार्ड अफ अनर प्रदान

२५ असोज, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई रास्ट्रपति बिद्या देवी भण्डारीले स्वागत गरिन भने सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको छ ।

त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति सी एयर चाइनाको विशेष विमानबाट भारतको चेन्नाई हुँदै शनिबार अपराह्न नेपाल आएका हुन् । उनलाई विमानको ढोकै अगाडि पुगेर समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति सहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, र केन्द्रीय सरकारका मन्त्रीहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *