Loading...
राजपा र समाजवादी एकतापछि बैकल्पिक शक्तिको रुपमा उदय हुने ः पुर्व मन्त्री झा

ओम प्रकाश यादव असोज २५ गते, रौतहट । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य, पुर्व मन्त्री एवं रौतहट क्षेत्र नं १ का सांसद अनिल झाले राजपाले समाजवादी पार्टी सँग एकता गर्ने प्रयास गरिरहेको बताएका छन । राजपा र समाजवादीवीच एकता गर्ने बारेमा अहिले द्रुत गतिमा छलफल भइरहेकोले अब चाडै दुवै पार्टीवीच एकिकरण हुने सांसद झाले बताए । रौतहटको गरुडामा आज अयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य अनिल झाले राजपा र समाजवादीवीच एकिकरण भएपछि कम्युनिष्ट र कांग्रेसको विकल्पमा आफनो पार्टी उदय हुने बताएका हुन । दुई पार्टीको एकतापछि राजपा बैकल्पि शक्तिको रुपमा उदय हुने भन्दै सक्रियाताका साथ पार्टीलाई अगडि बढाउन सांसद झाले सबैलाई आग्रह गर्नुभयो । वृन्दावन नगरपालिकाको सखुअवा धमौरा माविमा भएको शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता राजपाका नगर प्रत्याक्षी बैधनाथ पालले गरेका थिए भने प्रदेश सांसद बाबुलाल साह प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै गरुडामा भएको कार्यक्रमको अध्यक्षता गरुडा नगर प्रमुखको प्रत्याक्षी राम चन्द्र गुप्ताले गर्नुभएको थियो भने पुर्व मन्त्री एवं सांसद अनिल झा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पार्टीका सयौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको राजपा अध्यक्ष मण्डलका सदस्य राम प्रवेस दासले जानकारी दिनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *