Loading...
नेपालको राजकीय भ्रमणमा आएका सीलाई मुगुवासीको आग्रह : नाक्चेनाङ्ला नाका खोलिदिनुस

तिब्बतसँग जोडिएको नाक्चेनाङ्ला नाकाले बैधानिकता पाउने अपेक्षा मुगुवासीले गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणका क्रममा यो नाकाले बैधानिकता पाउने अपेक्षा मुगुवासीले गरेका छन् । यो नाका वर्षेनि साउनमा एकपटक १५ दिनका लागि मात्र मुगु र तिब्बतबीच हुँदै आएको व्यापारिक मेलाका लागि खुल्ने गर्दछ । मुगुमकार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले यो नाकालाई औपचारिक रुपमा खोलेर सडक सञ्जाल विस्तार गर्नुपर्ने बताउनु भएको छ ।

डेढ दशकदेखि निर्माण कार्य ओझेलमा परेको नाक्चेनाङ्गला सडक निर्माणमा पनि चिनियाँ सहयोग खाँचो रहेको उनको भनाइ छ । चीन सरकारले मुगुमकार्मारोङ गाउँपालिकाका बासिन्दालाई अनुदान स्वरुप उपलब्ध गराउँदै आएको खाद्यान्न पनि नियमित गर्न उनले माग गरेका छन् । यो अनुदान गत वर्षदेखि स्थगित गरिएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *