
रौटहट क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
आइतबार बिहान पौन ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । प्रहरीले भने आधिकारिक जानकारी दिएको छैन । प्रहरीले केही वेरपछि सार्वजनिक गर्ने जानकारी दिएको छ ।
उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो । मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।
Facebook Comments