Loading...
वृहत पार्टी प्रवेसकालागि समाजवादीका अध्यक्ष यादव रौतहट आउँदै, आज देखि नै तयारी शुरु

ओम प्रकाश यादव असोज २६ गते । रौतहट । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव रौतहट आउने भएका छन । समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादव यहि कार्तिक २ गते रौतहटको गरुडामा आउन लागेका हुन । हिन्दुहरुको महान पर्व शुभदिपावली तथा छठ पर्वका अवसरमा कार्तिक २ गते समाजवादी पार्टी जिल्ला कार्य समितिले जिल्लाको गरुडा स्थित श्री राम सुगर मिल्सको प्रांगनमा आयोजना गर्न लागेकोे शुभकामना आदान प्रदान तथा वृहत पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव रौतहट आउन लागेका हुन ।

कार्यक्रममा मन्त्री यादवसँगै पार्टीका उपाध्यक्ष एवं प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत पनि आउने बताईएको छ । कार्यक्रममा पार्टीका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईलाई पनि ल्याउने प्रयास भइरहेको पार्टी श्रोतले जनाएको छ । पार्टी सम्पर्क कार्यालय सुकदेव चौकमा आज आईतवार विहान समाजवादी पार्टीको बसेको बैठकले कार्तिक २ गते गरुडामा शुभकामना अदान प्रदान तथा वृहद पार्टी प्रवेस कार्यक्रम गर्ने निर्णय गरेको हो । समाजवादीका युवा संगठन अध्यक्ष एवं प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवको प्रमुख आतिथ्यमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कार्यक्रमको व्यापक प्रचार प्रसार गर्नको लागि जिल्लाको चारै क्षेत्रमा सात सात सदसिय समिति रहने गरी एक एक प्रचार प्रसार समिति गठन गरेको छ ।

बैठकमा बोल्दै कृषि राज्य मन्त्री यादवले पार्टी अध्यक्ष यादवको स्वागतमा कुनै कसर बाँकी नराख्न र व्यापक प्रचार प्रसार गर्न समितिलाई निर्देशन दिएका छन । हुन गइरहेको वृहद पार्टी प्रवेस कार्यक्रममा रौतहटबाट सयौ नेता कार्यकर्ताहरु अन्य पार्टी परित्याग गरी समाजवादीमा प्रवेस गर्ने कार्यक्रम रहेको राज्य मन्त्री यादवले बताउनुभयो । अन्य पार्टी छोडेर समाजवादीमा प्रवेस गर्ने धेरैले ईच्छुक रहेकाले यो वृहद पार्टी प्रवेस कार्यक्रमको आयोजन गर्न लागिएको उहाँले बताउनुभयो ।

नव प्रवेसीहरुलाई मन्त्री एवं पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गर्ने उनले बताए । बैठकमा प्रदेश सांसद एवं प्रदेश २ का विकास समिति सभापति शेख अब्बुल कलाम अजाद उर्फ फुलबाबु, समाजवादी पार्टीका जिल्ला अध्यक्ष एवं देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, ईन्चार्ज वृज किशोर यादव, सह ईन्चार्ज विरेन्द्र यादव, पार्टीका केन्द्रिय सदस्य रेवन्त झा, माधवनारायण नगरपालिका मेयर विरेन्द्र प्रसाद यादव, गरुडा नगरपालिकाका मेयर ईनु रायका छोरा अनिल यादव, युवा संघका केन्द्रिय सदसय उपेन्द्र यादव, माधवनारायण नगरपालिकाका नगर कमिटि अध्यक्ष हरिनारायण यादव लगाएत पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । आजको बैठकको सम्पूर्ण व्यवस्थापन राज्य मन्त्री योगेन्द्र यादवका विकास प्रतिनिधी राम नरेश यादवले गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *