Loading...
बलात्कारदेखि हत्यासम्मको आरोप लागेका बहालवाला सांसदको संख्या ४ पुग्यो

हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको छ । निवर्तमान सभामुख एवं नेकपा नेता सांसद कृष्णबहादुर महरा बलात्कार प्रयासमा निलम्बन मा समेत परिसकेका छन् भने नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन् ।

नेकपा का महरा र राजपाका चौधरी निलम्बनमा परिसकेका छन् । त्यसैगरी कांग्रेस नेता मोहम्मद अफताव आलम बम काण्ड मा २३ जनालाई जिउदै जलाएको आरोप मा पक्राउ परेका छन् यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *