Loading...
चिनियाँ राष्ट्रपति सीले नेकपाका नेतालाइ दिए यस्तो ५ बुंदे गुरुमन्त्र, र भने-“अपनाउ र राज गर

२६ असोज, काठमाडौं । २ दिने राजकीय नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच भएको भेटवार्ता राष्ट्रपति सीले मुख्यतः पाँच वटा विषयमा जोड दिएका छन् ।

१) : नेपालले जुन विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिदै चीन पनि सधैं साथमा रहनेछ ।

२) : नेपाल र चीनको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजानुपर्छ र दुई पार्टी (नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी) को सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्छ ।

३) : राष्ट्रपति सीले भने -” पार्टीमा स्वच्छता र सुशासन महत्वपूर्ण छ । यो भयो भने मात्र चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहन्छ ।

४) : अहिले हाम्रो धेरै प्रतिकुलता भएर हामी समाजवादको दिशामा नै अगाडि बढेका छौं । हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौं, जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन ।

५) : नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलताहरु पनि छन् । त्यसमा ध्यान दिनुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *