Loading...
समाजवादी पार्टिको सहयोगमा वल्र्डलिङ्क कम्पनिले सिरहामा फ्रि वायफाई क्षेत्र बनाउदै

प्रदेश नं. २ सिरहा जिल्ला मिर्चैया नगरपालीका शान्ति चौक स्थित शान्ति युवा कल्वको पहलमा समाजवादी पार्टि का मधेश प्रदेश समिति कोषाध्यक्ष रेणु यादवको आर्थिक सहयोगमा वल्र्डलिङ्क कम्पनिले मिर्चैया ५ शान्ति चौक र मिर्चैया ६ कटारी चौककोलागी फ्रि वायफाई क्षेत्र वनाउने सहमति भएको छ ।
युवा तथा व्यापारि वर्गहरुलाई लक्षित गरी प्रदेश नं. २ मा पहिलो ठाउँ मिर्चेया नै हुने र यसरिनै अन्य ठाउँहरुमा पनि सहयोगर्दै लैजाने नेतृ यादवले वताउनु भएको थियो । उक्त कार्यक्रममा कल्वका अध्यक्ष रामनारायण साहले उक्त कार्यको सराहना गर्दै नेतृ यादवलाई धन्यवाद दिनु भएको छ र औपचारीक कार्यक्रम गरी शुरुवात गरीहाल्ने प्रतिवद्धता जनाउनु भयो ।
साथै उक्त क्षेत्रमा कसरी वितरण गर्ने भन्ने वारे प्राविधिक मनोज शर्माले सवैमा जानकारी गराएका थियो । उक्त समयमा स्थानीय वुद्धिजिवी, समाजवादी पार्टिका नेताहरु केशव साह, रामदयाल यादव, प्रभात सिंह, अजय यादव, जिमी यादव, शिवु साफि, पशुपति साह लगायत अन्य पार्टिका नेताहरु पनि उपस्थित रहेको थियो । साथै लक्षित एरियाको अवलोकन समेत भएको थियो 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *