
२७ असोज, काठमाडौं । जिउँदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले आज सूचना जारी गरी आलम निलम्बनमा परेको जनाएको छ ।
रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई आफ्नो पोल खुल्ने थाहा पाए पछि २३ जनालाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।
Facebook Comments