Loading...
एसिड काण्डबारे सांसद यादवले प्रहरी कार्यालयमै पुगेर काम कारबाही बारे लियो जानकारी

२७ असोज, वीरगञ्ज । वीरगञ्जकी १४ बर्षिय मुस्कान खातुन माथि एसिड प्रहार गर्ने दुई युवकलाई प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ । दशैं विदाका कारण अदातल भोलि मंगलबारबाट खुल्ने छ । प्रहरीले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको बयान समेत लिइसकेको छ । एसिड प्रहार गर्नेहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८३ (ज्यान मार्ने उद्योग) र १९३ (तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने) मुद्धा दर्ता गरिंदैछ । संघिय समाजवादी पार्टीका सांसद प्रदिप यादवले मुस्कानमाथि भएको एसिड प्रहार घटनामा प्रहरीको काम कारबाही चासो देखाएका छन् । एसिड प्रहार गर्नेहरुलाई कानुन संसोधन गरेरै भएपनि जन्मकैद र फाँसीको माग गर्दै आएका सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर घटनापछि प्रहरीले गरेको काम कारबाहीको बारेमा बुझेका हुन् । सांसद यादव ले आफ्नो फेस बुक मा लेखेका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *