Loading...
केपी कमरेडको दमक, वालकोट लगायतको श्रीसम्पत्ती क्रान्तीकै कमाइ हो ? – राइ

ध्यान बहादुर राइ

कुरो साल २०३७ को हो। नख्खु जेलमा हुनुहुन्थ्यो केपी ,आरके लगायत एक दर्जन झापाली राजवन्दीहरु।म विध्यार्थी वन्दीको रुपमा पुगेकोथिएँ त्यहाँ।ने रा शिक्षक सङ्गठनका तात्कालीन अध्यक्ष वद्री प्र खतिवडा,महासचिव स्यामकृष्ण खमु,के स सुशील चन्द्र अमात्य लगायत शिक्षक नेताहरु पनि हुनुहुन्थो नख्खुमा।को कुन वर्ग श्रोतवाट आएको भन्ने कुरालाइ त्यो वेला वहुतै महत्वकोसाथ हेरिन्थ्यो।जति सक्दो तल्लो वर्गवाट आएकोलाई क्रान्तीको भरपर्दो शक्ति मानिन्थ्यो उपल्लो वर्गवाट आएकोलाइ भन्दा । सामान्य परिचय सकिएसंगै वर्ग परिचयको कुरा आइहाल्थ्यो।केपी कामरेडले आफ्नो वर्ग परिचय दिएको अहिलेझैं लाग्छ । मेरो यो धर्तीमा एक चिम्टी पनि जमिन छैन । केही जमिन थियो खोलाले वगायो । वहुदल आएपछी दमकमा एक तले घर वनाएपछि आलोचना हुँदा वहाँले जवाफ दिएको कुरामा साथीहरुले चित्त वुझाउँनु भएको कुरा सुनेको । एउटा सानो वस्ने घर त्यो पनि रिण सापटी गरेर वनाउँदा आफ्नै साथीहरुले खेदो खन्नु उपयुक्त होइन । होत नि भन्ने लाग्योरे वहाँको जवाफ सुनेर कामरेडहरुलाइ । यस्तै आलोचना हुँदा कामरेड प्रदिप नेपालले भन्नुभएको थियो जोगी हुन राजनिती गरेको होर ? के पी कामरेडको दमक, वालकोट लगायतको श्रीसम्पत्ती क्रान्तीकै कमाइ हो भन्ने सवैलाइ थाहा नै छ।
जग्गा ,जमिन ,घर,सम्पती प्रकृतिवाटै प्राप्त हो अन्तिममा प्रकृतिमै विलिन हुने हो । जसरी कि पन्चतत्वले वनेको शरीर।
# सरकारमा वस्नाले आर्जित धनसम्पती र दौलत आफ्नो सेखपछी
सरकारलाइ नै वुझाउँने कुरा मिलेमिले जस्तो सुनिएपनि वहाँ नै नरहेपछी
वहाँको यो मरणोपरान्त इच्छा ठिकाठिक पूरा गरिदिने भरलाग्दो उत्तराधिकारी कोहि होलान?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *