Loading...
सभामुखमा समाजबादीको दाबीपछी नेकपाको अनौठो कदम, मन्त्रीहरु हेरफेर, उपसभामुख फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन गर्न सहमत भएका छन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गर्नु भएको थियो । ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्रीपदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवयस्था छ । उपसभामुख नेकपाले लिने हो भने सभामुख समाजबादी लाइ दिनु पर्ने हुन्छ त्यसले सभामुख आफुहरुले लिने र उपसभामुख समाजबादी पार्टीलाई दिने रणनिति नेकपाले चालेको छ ।
अन्नपूर्ण पोस्टमा बाट साभार गरिएको

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *