Loading...
महराबाट बलात्कार प्रयासकी पीडित रोशनीको फरेन्सिक जाँच, रिपोर्ट आयो रहस्यमयी !

निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । रिपोटले प्रश्न उबजाएको छ त्यसो भए बाहिरी मानिस को हो त ?

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको रिपोर्ट आएको छ । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको समाचार आजको कान्तिपुर दैनिमा प्रकाशित भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *