Loading...
नेकपामा राजपा जस्तै अध्यक्ष अनुसारको गुट, सभामुखमा आफ्नो आफ्नो गुटको दाबी

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ । नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन । पार्टी एकीकरणपछिको भागबन्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले अहिलेपनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दावी छ । उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दावेदार गरिएका छन् । सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद भने उसले छाड्नुपर्ने समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएका छन् ।

राजपामा पनि यस्तै अध्यक्ष अनुसारको गुट रहेको छ l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *