Loading...
बुद्ध एयरको दादागिरी, बिरामी बच्चाको आमालाई दिनभरि कुराएर भन्छ- “प्लेन क्यान्सिल”

सांसद प्रमोद साह

हिजो जनकपुरधाम विमान स्थलमा भएको घटनालाई लिएर संचार माध्यमहरुमा आ-आफ्नो तरिकाले सामाचार आइ रहदा मैले आफुले गरेको कार्यलाई आफ्नो फेसबुक स्टेटसमा लेख्न बाध्य भएको छु ।अहिले सम्म संचार कर्मीहरुबाट लेखेको सकारात्मक तथा नकारात्मक समाचार सम्प्रेषणको लागी हृदय देखी धन्यबाद दिन चाहन्छु ।विगत धेरै वर्ष देखी आम जनताले एयरलाइन्सहरुबाट भोगी रहेको पिडा अहिले सम्म नत कुनै राजनैतिक दल, नत कुनै समाजिक अभियन्ता,नत कुनै व्यक्तिहरुबाट उठाइयो र हामी सम्पुर्ण जनता जस्तो सुकै इमर्जेन्सी हुदा पनि एयरलाइन्सको लापरबाही सहेर बसेको अवस्था कायम नै थियो । यस्तो अवस्थामा म एउटा जिम्मेवार व्यक्तिले त्यहाँ भइ रहेको एयरलाइन्सहरुको गलत र मनमानी क्रियाकलापलाई हेरेर बसि रहदा सायद जनताले मलाई दिएको भोटको अपमान हुने कुरा सम्झेर मैले संम्बन्धित निकायहरुलाई अबगत गराउन बाध्य भए । त्यस क्रममा मैले एयरपोर्टको इन्चार्ज संतोष ढकाललाई सम्पर्क गरेर त्यहाँको अवस्थाको बारेमा जानकारी गराए साथै प्रमुख जिल्ला अधिकारी प्रदिप कडेललाई जानकारी गराए । सम्बन्धित निकायहरुलाई जानकारी गराउदा गराउदै कुनै किसिमको पहलको अनुभुती न हुदा र भि.आ.पी.कक्षमा बिरामी छटपटाई रहेको हेरि रहदा म आफुलाई सांसदको पदिए जिम्मेवारीको ख्याल हुदा हुदै एउटा मानवताको नाताले म बुद्ध एयरको काउन्टमा लातले हान्न बाध्य भएकै हो र यसलाई यदि आम जनता तथा संचारकर्मीहरुबाट गलत भएको ठहरिन्छ भन्ने म यो गल्ती गरेकै हो र यसको लागी मलाई जुन ठाउमा माफी माग्न लगाउछ म माग्न पनि त्यार छु तर दैनिक गलती गर्ने एयरलाइन्सले गलती भन्छ भन्ने म मन्न त्यार छैन । हुनत मैले एउटा बिरामी मात्रै हेरे तर अर्को पट्टी सर्ब सधारण बस्ने तिर अर्को एक जना सिंधुलीबाट एक दिन पहिले अर्थात अस्ति १२:०० बजे आफ्नो १ वर्षको काखे बच्चाको उपचार गराउन एयरपोर्ट पुगेकी महिला दिन भरिको एयरपोर्टको बसाई हुदा हुदै साँझको ५:०० बजे तीर जानकारी पाउनु भो कि आजको प्लेन कैन्सिल भयो । ती पिडित महिला आफ्नो विरामी बच्चालाई काखमा राखी पुन: सिताशरण होटेलमा रु ३५००/ मा रुम लिइ रातीको बास बस्न बाध्य भइन र भोली पल्ट अर्थात हिजो ३ बजे CD-6 नम्बरको सिटमा बसेर काठमाडौ आइन । यो हिजो मात्रै भएको घटना होइन यस किसिमको घटना दैनिक भै रहेको छ तर कसैले नबोलदिएको मात्रै हो । संयोगवस हिजो मेरो अगाडीमा भएकोले मैले जनताको पिडालाई एउटा जनप्रतिनिधिको हैसियतले बोलेको छु ।
संचार माध्यमबाट जानकारी पाए अनुसार ७ दिन भित्र सांसदलाई कार्यवाही नभए सबै प्लेन बन्द गर्ने कुरा बाहिर आएको छ । यदि सहि हो भन्ने आम जनताको लागी अवाज उठाउदा यदि कार्यवाही हुन्छ भन्ने त्यो कार्यवाही भोग्न म त्यार छु तर मेरो केहि जिज्ञासा र प्रश्नहरु छन ।यदि ट्याक्सीवाला ले भन्छ कि हामिलाई मिटर बिगारेर यात्रु ठग्न देउ नत्र हामी सडकमा ट्याक्सी चलाउन बन्द गर्दिन्छौ ? पेट्रोल पम्प वाला ले भन्छ कि तेल चोर्न देउ नत्र हामी देशैभरीको पम्प बन्द गरि दिन्छौं ? पसलबालाहरु भन्छ मलाई कमि समान बेच्न देउ नत्र हामी देशै भरका पसल बन्द गरि दिन्छौ ? त के राज्यले त्यो गर्न अनुमती दिन्छ ? यदि दिन्छ भन्ने म कार्यवाही भोग्न त्यार भएर बसि रहेको छु । नत्र भन्ने जनतालाई ठग्ने एयरलाइन्स लाई कार्यवाही गर्न जोडदार माँग गर्दछु । जनतालाई प्लेन चढन दुई दिन सम्म कुराउने एयरलाइन्स एउटा मन्त्रीको लागी १ घण्टा सम्म प्लेन रोकी यात्री कुराउने अवस्थाको अन्त होस ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *