Loading...
सांसद साह पक्राउको राजपाद्वारा बिरोध, भन्यो- सानो कुरालाई नबढाउ, अविलम्ब रिहा गर

८ असोज, काठमाडौं । बुद्ध एयर विमानस्थलमा तोडफोड गरेको आरोपमा पार्टीका नेता तथा संसद पक्राउ परेकोमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विरोध जनाएको छ ।

सोमबार जनकपुर विमानस्थलमा वुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले राजपाका नेता तथा निर्वाचित सांसद प्रमोद कुमार साहलाई पक्राउ गरेको छ । राजपाले सामान्य घटनालाई पनि अतिरञ्जित बनाई साहलाई पक्राउ गरिएको आरोप लगाएको छ । कहिल्यैं समयमा नआउने जहाजहरुको मनोमानीविरुद्ध बोल्दा पक्राउ गरिएको राजपाले दावी गरेको छ ।

‘माननीय सांसदलाई अविलम्ब रिहा गरी एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं’ संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *