Loading...
राजपाको आक्रोस ! सांसद साहलाइ छाडेन भने परिस्थिति जे पनि हुनसक्छ ! सर्लाहीमा जुलुस

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाइको माग गर्दै उनको गृहजिल्ला सर्लाहीमा जुलुस प्रदर्शन भएको छ l यसैबीच राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी सांसद साहलाई रिहा गर्न माग गरेको छ । साथै एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि सो पार्टीले माग गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ -” समान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाई सांसद साहलाई पक्राउ गरेको भन्दै राजपा नेपालले आपत्ति प्रकट गरेको छ “।  साथै अबिलम्ब नछाडे परिस्थिति जे पनि हुन् सक्ने राजपाले सरकारलाइ चेतावनी समेत दिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *