Loading...
सांसद आलमलाई सरकारको इशारामा प्रहरीले पक्राउ गरेको विरुद्धमा जारी आन्दोलन स्थगीत

ओम प्रकाश यादव, रौतहट ।
रौतहट निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित नेपाली कांग्रेसका संघिय सांसद मोहम्मद अफताब आलम प्रहरीद्धारा पक्राउ विरुद्ध रौतहटमा जारी आन्दोलन आजदेखी स्थगीत भएको छ । निर्दोष आलमलाई कम्युनिष्ट सरकारको इशारामा प्रहरीले फसाउन खोजेको भन्दै रौतहट स्थित आईतवारदेखी नेपाली कांग्रेसका कार्यकर्ताहरुले गर्दै आएको आन्दोलन आजदेखी स्थगीत भएको हो । नेपाल कांग्रेसका जिल्ला अध्यक्ष कृष्ण प्रसाद यादवले प्रहरीको अनुसन्धानमा सहयोग पुग्ने उद्देश्य र पार्टी केन्द्रिय कार्यालयको निर्देशन अनुसार आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगीत गरेको बताउनुभयो । प्रहरीले निस्पक्ष भई निलम्बित सांसद आलममाथी लागेको आरोपको छानविन गरोस हाम्रो आपति छैन तर कसैको दबावमा गलत तथा बनाउटी अनुसन्धान भएको देखिएमा काडा आन्दोलन गर्ने सभापति यादवले कटहरिया एफएमसँग भएको कुराकानीमा बताउनुभयो । १२ वर्ष अघि पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत्र २७ गते राजपुर फरहदवामा बम बनाउने क्रममा भएको विस्फोटमा परी घाईते १३ जनालाई नजिकैको ईटाभटामा जिउँदै जलाएर मारेको आलममाथी आरोप लाग्दै आएको छ । सर्वोच्च अदालतको आदेश अनुसार रौतहट प्रहरीले गत आईतवार विहान ११ बजे इद्रिश गेट नजिकैबाट निलम्बित सांसद आलमलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया शुरु गरेको हाम्रा सहकर्मीले जनाएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *