Loading...
रौतहटमा आगलागी हुँदा लाखौको क्षति, चारवटा घर गोठ जलेर नष्ट

ओम प्रकाश यादव, कटहरिया एफएम, रौतहट ।
रौतहटको मौलापुर नगरपालिका ६ पथरा बुधराममा गएराति लामखुटे धपाउन बालिएको घुराबाट सल्किएर चारवटा घर गोठ जलेर नष्ट भएको छ । साहेब महतोको गोठमा बालिएको घुरबाट आगो सल्किएर गएराति पौने १० बजेको समयमा गणेश महतो, नरेश महतो र उमेश महतोको घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा रहेको अन्नपात लताकपडा लगाएतका समान पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव आठ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक गौतम बोहराले बताउनुभयो । आगो निभाउने क्रममा छिमेकी विगु महतो र जयशी यादवको घरमा समेत क्षति भएको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रण्मा लिईएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *