Loading...
कक्षा ६ देखी १० सम्मकै विद्यार्थीहरुले लगाउन थाले ताल्चा, शिक्षक नभएर तालाबन्दी गरेको दाबी

ओम प्रकाश यादव, रौतहट ।
शिक्षकको विषयलाई लिएर रौतहटको गुजरा नगरपालिका ४ माध्यमिक विद्यालय कनकपुरका विद्यार्थीहरुले आज विद्यालयमा तालाबन्दी गरेका छन । विद्यालयमा सामाजिक र नेपाली विषयको शिक्षक नहुँदा आफुहरुको पढाई प्रभावित भएको भन्दै विद्यार्थीहरुले विद्यालयको मुल गेट र प्रधानाध्यापकको कार्यकक्षमा तलाबन्दी गरेका छन । विगत एक वर्ष देखी सामाजिक विषयको शिक्षक नभएको र नेपाली विषयको शिक्षक पनि दुई महिनादेखी नरहेको कारणले आफुहरुको पढाई प्रभावित हुँदै आएको भन्दै कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुले आज पढाई स्थगीत गरी विद्यालयमा ताल्चा लगाएर विरोध प्रदर्शन गरेको हो । शिक्षकको व्यवस्था गर्न प्रअलाई आफुहरु पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेकाले बाध्य भएर आज ताल्चा लगाएको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए । यति मात्रै नभएर विद्यालयका विज्ञान विषयको शिक्षक नियमित नआउने, विज्ञापन प्रयोगशालामा सामग्रि नभएको, कम्प्युटर ल्याव प्रयोग विहिन अवस्थामा पुगेको, कक्षा ७ र ८ मा कम्प्युटर विषयको पनि पढाई नभएको भन्दै आक्रोसित विद्यार्थीहरुले विद्यायमा आज केहि बेर प्रदर्शन गरेको थियो । तालाबन्दी पछि विद्यालयका प्रअ मनोज यादव र वडा अध्यक्ष पवन गिरीले तुरुन्त शिक्षकको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएपछि विद्यार्थीहरुले ताल्चा खोलेका थिए । प्रधानाध्यापक मनोज यादवले विद्यालयमा शिक्षकको अभाव रहेको स्वीकार गरेका छन । विद्यालयमा ८ जना शिक्षक हुनुपर्ने भएपनि तिन जनाको मात्रै दरबन्दी रहेकोले समस्या भएको प्रअ यादवले बताउनुभयो । शिक्षक अभावको कारण एक जना शिक्षकलाई दुईवटा विषय पढाउनु परिरहेको उहाँले बताउनुभयो । अवको केहि दिनमै नेपाली र समाजिक दुवै विषयको शिक्षक विद्यालयमा आउने प्रअ यादवले बताए । शिक्षकको दरबन्दी स्कुलमा भइसकेको र भोली पर्सीमा शिक्षा ईकाइ प्रमुख गोकर्णध्वज विद्यालयमा आउने र उहाँँ आउने वितिकै शिक्षक अभावको समस्या समाधान हुने प्रअ यादवले बताएका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *