Loading...
पशुपतिमा सुन तस्करी ! कोषको ९ किलो सुनको दाबी पछि छानबीन समितिले भेटायो ४५ किलो

पशुपतिनाथ मन्दिरमा भक्तजनले करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो ।
त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *