Loading...
मेयर स्तरीय टि २० नक आउट क्रिकेट अन्तर्गत पहिलो सेमिफाईनलमा फतेपुर टिम विजयी

रौतहटको कटहरिया नगरपालिकाद्धारा कटहरियामा जारी मेयर स्तरीय टि २० नक आउट क्रिकेट प्रतियोगितामा आज भएको पहिलो सेमिफाईनल खेलमा फतेपुर टिम विजयी भएको छ । मावि कटहरियाको प्रांगनमा भएको खेलमा फतेपुरले जनता मावि कटहरिया टिमलाई ८७ रनले पराजित गरेको हो । प्रतियोगितामा टस जितेर पहिलो व्याटिंग गरेको फतेपुर टिम ८ विकेट गुमाएर १४६ रन बनाउँदै जनता मावि टिमलाई १४७ रनको चुनौति दिएका थिए । जवाफी व्याटिंगमा उत्रेको जनता मावि टिम सबै विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सकेको हो । प्रतियोगितामा विजयीभएसँगै फतेपुर टिम फाईनलमा पुगेको छ । मेयर कपको फाईनल खेल शनिवार विहान ९ बजेदेखी शुरु हुने छ । फाईनल खेल कटहरिया ५ र फतेपुर टिम विच हुने विगन कुमार साहले जानकारी दिनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *