Loading...
समाजबादी महिलाको प्रदेश समिति घोषणा, अधिकार माङ्गने होइन खोस – मुख्यमन्त्री राउत

लहान , असोज २८ । समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ प्रदेश नं. २को प्रदेश समितिको समायोजन कार्यक्रम संजिला यादवको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति को घोषणा गर्दै आज लहानमा सम्पन्न भएको छ ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा पिंकी यादव, गिता यादव, तारा भण्डारी, सचिवमा आरती झा, सहसचिवमा मनतोरिया महरा, ज्योती भगत, शशि मित्रा माझी (मुसहर), कोषा अध्यक्षमा अनिता यादव लगायतका चयन भएका छन ।
समायोजन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले महिलाहरुलाई अधिकारको लागि महिलाहरुलाई स्वयं सक्षम बन्दै संघर्ष गर्नुपर्ने बताउनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष रेणुकुमारी यादवले आरक्षणमा आधारित हुनु भन्दा आफुलाई सक्षम बनाउने तर्फ महिलालाई उन्मुख हुनु पर्नेमा जोड दिनु भयो । मुलुकमा बैकल्पिक शक्ति निर्माणको लक्ष्यका साथ अघि बढेको समाजवादी पार्टीका महिला नेतृहरुलाई सक्षमहुनुको विकल्प नरहेको उल्लेख गर्नु हुँदै उहाँले महिला संगठनलाई सक्षम बनाउनुको विकल्प नरहेको उल्लेख गर्नु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं. २का मुख्यमन्त्री लालबाबु राउतले अधिकार मांगेर पाउने बस्तु नरहेको टिप्पणी गर्नु हुदै युग सुहाउदो सक्षमता प्रदर्शन गर्न आग्रह गर्नु भयो । समाजवादी पार्टी नेपालमै समावेशिताको नमूना रहेको उल्लेख गर्नु हुँदै उहाँले महिला संगठनलाई समावेशी बनाउने जिम्मा अव प्रदेश समितिको रहेको बताउनु भयो ।
प्रदेश सरकार महिला सवलीकरणको पक्षमा काम गरि रहेको उल्लेख गर्नु हुँदै उहाँले महिला नेतृहरुलाई आफनै घर बाट महिलालाई सक्षम बनाउने दिशामा अघि बढनु पर्ने जोड समेत दिनु भयो ।
महिला नेतृ विणा यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सचिव एवं महिला इन्चार्ज दुर्गा शोब, सह इन्चार्ज लिला सिटौला, पवित्रा तिमिल्सीना , महिला संघका केन्द्रिय अध्यक्ष निर्मला यादव, सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *