
सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर भएको खुलेको छ । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदै गएको छ । माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ ।
कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ ।
छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको समाचार आजको राजधानी दैनिकमा प्रकाशित भएका छन्।
Facebook Comments