Loading...
व्हिस्की र नोटका बिटाको होडबाजी, गैर आवासीयहरुको संस्कारको अन्तरास्ट्रिय बेइजत

जगन कार्की

बिहार तिर हुने चुनावी नाराबाजी भन्दा उम्दा किसिमको , भाडाका टट्टू , सुरा सुन्दरी प्रयोग गरेर प्रचार प्रसार शैली , व्हिस्की विलास र नोटका बिटाको होडबाजी हैट ! गैर आवासीय नेपालिहरुको सभ्यता र संस्कारको अन्तरास्ट्रिय बेइजत ।
प्लेन टिकेट स्पोन्सर गरेर लाने , मान्छे किन्छु , विचार किन्छु , भावना किन्छु , भोट क़िन्ने बिकाउ मानसिकताले ति २६०० डेलिगेट्सहरुलाई भेडा बनाई मान मर्दन गरेको छ सायद त्यसैले संस्थापक अध्यक्ष डा Dr.Upendra Mahato ले अधिवेशन नै हापे ।
यस्तै आचरण देखेर होला ऋषि धमलाले पनि भने विदेश बाट गैर आवासीय नेपालीका नाममा यो गर्छु त्यो गर्छु ज्ञान सिप लगानी भनेर भाषण डकार्ने गफाडी ग्यांग भनेको 😂

यसै कारणले हुनपर्छ १ करोड नेपाली प्रवासमा छन् – ८० मुलुकबाट चानचुन ७३ हज्जार नेपाली सदस्य रहेको संघले सबैको प्रतिनिधित्व नगर्ने टिप्पणी गर्नेको संख्या बढेको छ त्यसैले यसको नेत्रित्व र यसले गर्ने सबै हर्कतको जिम्मा सबै प्रवासी नेपालीहरुलाई लगाउनु मुनासिव हुन्न ।

त्यसैले आजकल भनिंछ सवै प्रवासी नेपाली गैर आवासीय नेपाली संघ भन्ने संस्थाका सदस्य हैनन् “All Nepalese living abroad are not the members of this one of the diaspora Nepalese organisation called NRNA.”

गैर आवासीय नेपाली संघलाई सरकारको मान्यता छ भन्ने अर्को ठुलो भ्रम छरीएको छ , भ्रम नरहोस् नेपाल सरकार र कानुनले गैर आवासीय नेपालीहरुलाई मात्र चिन्छ र सबैलाई समान रुपले हेर्छ यसर्थ NRNA जस्तै गैर आवासीय नेपालीहरुका सबै संघसंस्थामा समान दृष्टिकोण रहन्छ र हुनु पर्छ ।

कल्याणकारी भिजन बोकेको संस्था धनिहरुको क्लब र माफिया र मानव तस्करहरुको चंगुलमा फसेको व्यापक जनगुनासा छन् अब यी आरोपबाट मुक्ति दिनेखालका कामको आभास जव सम्म एक साधारण प्रवासी नेपालीले पाउदैन यसको बिकल्प खोजी हुने निश्चित छ। यसर्थ सबै बदनामी र भ्रम चिर्दै संघलाई सबैको बनाउने जिम्मा आगामी नेत्रित्वलाई छ सबै उमेद्वार र प्रतिनिधिहरुलाई शुभकामना !

सबै भन्दा बढी रेमिटान्स योगदान बापत रास्ट्रको ढुकुटी भर्ने गल्फका दाजुभाइहरुलाई एन आर एनका कागजी बाघ अनि टाइकुनहरुले हेप्ने गरेको सुनिन्छ । राजनीतिक संस्कार र आचरणमा पनि पश्चिमा देशमा बसेर खुब सुसंस्कृत हौँ भनेर फुर्ति लगाउने हरुलाई गतिलो पाठ सिकाएछन् गल्फ क्षेत्रका ३ जना निर्विरोध निर्वाचीत पदाधिकारीहरुले ।
बधाई तथा शुभकामना निर्बिरोध निर्बाचित हुनुभएकोमा गल्फ क्षेत्रका जोन अर्याल DRC , मनोज गोर्खाली DRC र प्रबिण गुरुङ RC ।

दुवै प्यानललाई माछो-माछो देखाएर उम्दा राजनीति गर्ने गल्फका किङ्ग मेकरहरुलाई बधाई

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *