
२९ असोज, काठमाडौं । सत्तारुढ पार्टी नेकपाका सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ । पक्राउ बारेमा सांसद गुरुङले राजनीतिक प्रकृतिको मुद्दा भएको बताउनु भएको छ ।
स्थानीय चुनाव तिर दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।
खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । त्यसै कारण गुरुङ पक्राउ परेका हुन् ।
Facebook Comments