Loading...
सांसद साहको पक्षमा सडकदेखि सामाजिक संजालसम्म समर्थनको लर्को, जनता आक्रोशित

बद्रि नाथ झा

एक छिन एता पनि समय मिलार पढि दिनुश धन्यवाद 👇️👇️
अहिलेको हाम्रो नेपालको स्थिती यस्तो छ कि कुनै पनि जनताले नराम्रो कार्यको बिरोध पनि गर्न नपाईने बिरोध गर्यो की सिधै जेलमा बन्द गरि दिन्छन। चाहे त्यो गुन्जन झा होस कि सांसद प्रमोद साह होस। यहाँ अन्यायको बिरुद्ध मुख पनि खोल्न न पाईने के नेपाली जनताको त्यत्रो पनि अधिकार छैन?

यदि त्यस्तै हो भने पटकपटक त्यस्ता लापरबाही गर्ने बुद्ध एयर र गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको डाक्टरहरुलाई सरकारले किन कार्यवाही गर्दैनन् किन त्यसको सिस्टममा सुधार गर्दैनन् । सब थोक राम्ररी सिस्टममै चल्यो भने किन आम जनताले तोडफोड र बिरोध गर्छन। सरकारले त्यो त्रुटिहरुलाई सुधार न गराइकन अन्यायको बिरुध बोल्ने मान्छेलाई नै जेलमा कोच्ने गर्छन। यस्ता सरकार र प्रहरीहरु चुल्लु भर पानीमा डुबेर मरे नि हुन्छ।😡😡

समयमा डाक्टर न आएपछी डाक्टरको बिरोधमा उत्रेको गुन्जन झा लाई सप्तरी प्रहरीले दुई दिन देखि जेलमा राखेका छन तर त्यहीँ प्रहरीले घटनाको सहि छानबिन गरि त्यो डाक्टरहरुलाई किन कुनै कार्यवाही गर्दैनन? डाक्टर हरुले मिडियामा झुठो ब्यान दिएर घटनाको बेला आफू ड्युटीमै अर्को कक्षमा थिए भनेर दाबी गरेका छन तर त्यसको सत्यतथ्य छानबिन प्रहरीले किन गर्न सकेको छैन?निजि क्लिनिक मा समय दिने र सरकारि अस्पताल मा समय न दिने धेरै डाक्टर सक्रिय छन । बिना कुनै कारण जेलमा बन्द गरिएको गुन्जन झा को रिहाइको गर्नको लागि तथा डाक्टर विरुद्धहरु प्रदर्सन गर्ने अन्य दर्जनौं भन्दा बढीलाई सप्तरी प्रहरीले जेलमा लगेर बन्द गरिदिएका छन। के यहीँ हो लोकतन्त्र?

अर्को घटनामा त्यस्तै जनकपुर एयपोर्ट्मा बिरामीलाई तडपिदै देख्दा आवेशमा आएर बुद्ध एयरको बिमान लेट भएको कारणले गर्दा सांसदले प्रमोद साहले बुद्ध एयरको काउण्टरमा बिरोध र समान्य तोडफोड गरेपछी त्यसलाई जेलमा लगेर थुनिदिएको छ। नेपालमा त्यस्तै लापरबाही गर्ने डाक्टर कर्मचारी तथा अन्य क्षेत्रमा हुँदै आएको लापरबाहीको कारण कयौं मान्छेहरुको जान गएका छन। अनि त्यसको बारेमा जनताहरुले न बोल्दा र बिरोध गर्दा के चुप लागेर बस्छन?

प्रहरी द्वारा पक्राउ गरिएका सांसद प्रमोद साह र गुन्जन झा लाई छिटो भन्दा छिटो रिहाइ गरियोस्।हामी सगँ बार बार एस्ता घटना हुँदै आएको छ आखिर कहिले सम्म मौन बस्नु हुन्छ भने सबै जना एकजुट भएर तानाशाही को विरुद्ध
अवाज बुलन्द गरौ र खुलेर बोलौ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *