Loading...
कांग्रेसको चोलो ओढेर कराउनेहरुको रबैयाले उपेन्द्र आउने कार्यक्रम रोकिदैन- मन्त्री यादव

ओम प्रकाश यादव असोज २९ गते । रौतहट । समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको समायोजन कार्यक्रम आज भव्याताका साथ सम्पन्न भएको छ । पुर्व संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी रौतहटको आज समायोजन भएको छ । सदरमुकाम गौरमा आज समाजवादीका प्रदेश २ का अध्यक्ष, केन्द्रिय कोषाध्यक्ष समेत रहेका प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको प्रमुख आतिथ्य तथा प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्रको विशिष्ट आतिथ्यमा भएको एक कार्यक्रमकावीच समाजवादी पार्टी रौतहट समायोजन भएको घोष्णा गरिएको हो । समायोजन समारोहमा समाजवादीका नेता कार्यकर्ताहरु निकै उत्साहपुर्वक सहभागिता जनाएका थिए । पार्टीको निति, नियम र विधान अनुसार जिल्ला कार्य समिति चएन गरिएको कार्यक्रमका प्रमुख अतिथि मन्त्री विजय यादवले बताएका छन । आफुहरुले पार्टीकै निर्देशन अनुसार पदाधिकारी चएन गरेको भएपनि पार्टीको जिल्ला कमिटिमा नै नाम नभएका केहि व्यक्तिहरुले पार्टी समायोजन र पदाधिकारी चएनप्रति असन्तुस्टि जनाएको खबर सुन्दा आफुलाई बडो आश्चर्य लागेको कृषि राज्य मन्त्री यादवले बताउनुभएको छ । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका कृषि राज्यमन्त्री यादवले पदाधिकारी चएनप्रति असन्तुस्टि जनाउँदै विरोध गर्नेहरु जिल्ला कमिटिमा नै नरहेको बताएका हुन । कांग्रेसको इशारामा चल्नेहरु आफनै पार्टी भित्रैबाट पार्टीलाई कमजोर बनाउने खेलमा लागेको उनले बताए । जिल्ला कमिटिमा नरहेका श्याम विहारी यादव, राम बशिस्ट राय यादव, उपेन्द्र चौधरी लगाएतका व्यक्तिहरुले विरोध गर्नुको कुनै अर्थ र तुक नरहेको उहाँले बताउनुभयो । अरुको इशारामा आफनै पार्टीलाई विरोध गरेर पार्टीलाई बदनाम गराउने र कमजोर बनाउने षडयन्त्रमा लागेको मन्त्री यादवको ठम्याई छ । यस्ता गैर पार्टीको इशारामा चल्ने व्यक्तिहरुको हल्लाको पछि नलाग्न र त्यस्ता संक्रिन सोच भएका व्यक्तिहरुबाट सावधान रहन कृषि राज्य मन्त्री यादवले सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन । कृषि राज्य मन्त्री योगेन्द्र यादवले विपक्षीसँग मिलेर एक दुई जनाले पार्टीको विरोध गर्दैमा आफुरुलाई कुनै पनि फरक नपर्ने भन्दै उनिहरुको विरोधले पार्टीलाई पनि कुनै असर नगर्ने कार्यकर्ताहरुलाई विश्वास दिलाएका हुन । समायोजन पछि समाजवादी पार्टी नेपालले कांग्रेस र कम्युनिष्टको विकल्पमा उदय हुने समेत मन्त्री यादवले ठोकुवा गर्नुभयो । चाडै बैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी स्थापित हुन गइरहेकोले यसमा सक्रिय भएर लाग्न र सहयोग गर्न सबै नेता कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *