Loading...
ज्ञानेन्द्रलाइ मेरो चुनौती, पद चाहिए पार्टी खोल चुनाब लड, पारस-हिमानीलाइ पनि उठाउ – बाबुराम

३० असोज, गोरखा . समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । पार्टीको आयोजनामा आज सदरमुकाममा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना नरहेको बताउनु भएको छ ।

‘चाडवाडको समयमा पूर्वराजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत हो, अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्री सँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं,’ उहाले भन्नु भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन,’ उहाले भन्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *