Loading...
हत्यादेखि पैसा अशुल्ने मुद्धाका फरार तिन अभियुक्त बारा प्रहरीद्धारा पक्राउ

विभिन्न मुद्धामा फरार तिन जना अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । खोटा चलन मुद्दामा फरार रहेका प्रतिवादी बाराका साविक गा.बि.स. पुरैनिया वडा नं.७ हाल परिवर्तित फेटा गाउँपालिका वडा नं.६ बस्ने आलिम मियाँको छोरा वर्ष ३५ को इनुस मियाँलाइ बुधवार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त मियाँलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले तोकिएको कैद भुक्तानको लागी कारागार कार्यालय बिरगंज चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा जिल्ला अदालतको मिति २०६७।०२।२८ गतेको फैसला आदेशले खोटा चलन मुद्दामा १५ दिन कैद र ६ हजार ४ सय रुपैया जरिवाना तोकिएको समयदेखी नै मियाँ फरार रहेका थिए । त्यस्तै बारा प्रहरीले हत्याको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । कलैया उपमाहानगरपालिका वडा नं १२ सितलपुरका मनेजर साह कानुलाइ काठको लाठीले हानेर हत्या गरेको आरोपमा बारा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले सोहि ठाउँका हरी शंकर साह कानु र गौरीशंकर प्रसाद साह कानुलाई हिजो पक्राउ गरेको हो । २०७५।०२।२३ गते खेतमा पानी सिचाई गरेको वापत पैसा माग्ने बिषयलाई लिएर वाद विवाद हँदा मनेजर साहलाई हरि शंकर र गौरीशंकरले लठिले हानेर घाईते बनाएका थिए । गम्भिर घाईते भएका साहको न्युरो अस्पताल काठमाण्डौमा उपचारको क्रममा २०७५।०३।२४ गते मृत्यु भएको थियो । त्यही समयदेखी फरार रहेका दुवै जनालाई प्रहरीले हिजो पक्राउ गर्न सफल भएको हो । सितलपुरका प्रभु साह कानुको जाहेरीको आधारमा दुवैलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । हत्या आरोपी दुवै जनालाई बारा जिल्ला अदालतमा प्रस्तुत गरिएकोमा सम्मानित अदालतको आदेशले दुवै जनालाई पुर्पक्षको लागी कारागार कार्यालय बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *