Loading...
बारा प्रहरीद्धारा ७ बिगाहा क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट

ओम प्रकाश यादव, कटहरिया एफएम, रौतहट । बारा प्रहरीले ७ बिगाहा क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ । जिल्लाको निजगढ नगरपालिका वडा नं.१२ स्थित बारा र मकवानपुर जिल्लाको सिमानामा पर्ने बाराथली भन्ने स्थानमा अवैध रुपमा लगाईएका उक्त गाँजा खेति नष्ट गरिएको प्रहरीले जनाएको छ । गाँजा खेती गरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक रन्जित सिंह राठौरको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिमरा, निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुर समेतबाट खटिएको प्रहरी टोलिले अन्दाजी ७ बिगाहा क्षेत्रफलमा रहेको गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *