
मुख्यमंत्रीको “बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तर्गत प्रदेश नं. २ का बिकास समिति सभापति एवं रौतहट क्षेत्र नं. ४ ख को प्रदेश सांसद शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबुले ३३ वटा साइकल छात्राहरुलाई वितरण गरेका छन् । जिल्लाको गढीमाई नगरपालिका वडा नं. ४ मा रहेको माध्यमिक विधालय संग्रामपुर कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साइकल वितरण गरेका छन् । वितरण कार्यक्रममा बोल्दै सांसद नियमित पठनपाठनका लागि साइकल छात्राहरुको लागि संजिवनीबुटी साबित हुने बताए ।
पहाडको तुलना हाम्रो विधालय आउन जान धेरै सजिलो भएपनि यहाँ अभिभावकको लापरबाहीले विधालय जाने छात्रछात्राहरुको संख्यामा कमि देखिन्छ । अर्को समस्या भने हाम्रो तराईमा गरिबी पनि एक हो जसको फलस्वरूप गरिवका छोराछोरीहरु पढन पाएको छैनन् । साइकल वितरणले छात्राहरुलाई शिक्षाप्रती रुचि बढ्ने र नियमित रुपमा कक्षाकोठामा सामिल हुने कुरामा विस्वस्त छु, उनले थपे । सोही कार्यक्रममा बोल्दै जिल्लाका चर्चित समाजवादी पार्टीका युवा नेता राजकुमार दास ततमाले भने हाम्रो प्रदेशमा शिक्षाको स्तर अति नै कमजोर रहेको हुनाले शिक्षा क्षेत्रलाई मजबुत बनाउन जर देखि लाग्नुपर्ने आवस्यकता छ। चाहे त्यो शिक्षक, अभिभावक, विधार्थी र नेता किन नहोस् सब आ-आफ्नो ठाउँबाट लाग्न जरुरी छ । कार्यक्रममा प्रमुख अतिथ्यको प्रदेश सांसद शेख अब्दुल कलाम अजाद, अतिथी राजकुमार दास ततमा लगायत बिभिन राजनीतिक एवं समाजसेवी व्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।रौतहट बाट राज कुमार तत्मा जानकारी गराउनु भएको छ।
Facebook Comments