Loading...
समाजवादीले समर्थन गर्दा (एनआरएनए) को अध्यक्षमा पन्त निर्वाचित, यस्तो छ दह्रो भूमिका

सरोज खिलाडी

१ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

संघको नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै पन्त विजयी बनेका हुन् । मत गणना सकिए पनि मतपरिणाम भने घोषणा हुन बाँकी छ । उपाध्यक्ष बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बाँकी दुई उपाध्यक्षहरूको भने मतपरिणाम आइसकेको छैन । महासचिव र सचिवको मत परिणाम सार्वजनिक हुन बाँकी छ ।
सम्मेलनमा करिब २३४६ मतदाताले मतदान गरेको अनुमान गरिएको छ । अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । प्राप्त जानकारी अनुसार लगभग १४७ मतले मात्र पन्त जितेका हुन् जसमध्ये २ सय जना समाजवादी पार्टीका समर्थक रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *