
दोहा कतार, झा बद्री l कतार सरकारले विदेशी कामदारको न्युनतम तलव तोक्ने नयाँ कानुन बुधबार पारित गरेसँगै नेपाली कामदारको तलव जनवरि देखि बढने भएको छ।कतार मन्त्रिपरिषद्ले बुधवार न्युनतम तलव लागू गर्ने कानुन पास गरेको हो। यो निर्णयसँगै अब कतारमा स्वदेशी कामदार सरह विदेशी कामदारहरुले पनि सेवा सुविधा पाउने भएका छन्।विगत लामो समयदेखि विचाराधिन उक्त कानुन कार्यन्वयनमा आउने भएपछि कतारमा कामदार भिसामा गएका करिब ३ लाख नेपालीले प्रत्यक्ष लाभ पाउने भएका हुन्। नेपाली कामदारले कम्पनीसँग सम्झौता गरे अनुसारको तलब नपाउने गरेका थिए । भने अनुसारको तलव नभएर गुनासो गर्दा पनि कानुन नहुदा नेपालीहरु समस्यामा पर्दै आएका थिए। नयाँ कानुन पारित भएसँगै कामदारको न्यूनतम तलब तोक्ने कतार खाडीको पहिलो मुलुक भएको छ। ‘कतार सरकारले न्यूनतम तलब तोकेपछि नेपाली कामदारहरु फाइदा हुनेछ।
Facebook Comments