Loading...
बोरा भित्र लुकाएर ल्याउँदै गरेको १९ किलो भन्दा बढी अबैध चाँदी सहित मुक्ति साह पक्राउ

१ कार्तिक, २०७६ ओम प्रकाश यादव । रौतहट । बारामा १९ किलो भन्दा बढी अबैध चाँदी सहित एक जना पक्राउ परेका छन । भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा आज विहान १९ किलो १०० ग्राम चाँदी सहित बाराको बारा गढि गाउँपालिका घर भएका मुक्ति साह पक्राउ परेका छन । भारतबाट भारतिय बीआर ०६ एम १०६० नम्बरको मोटरसाईकलमा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई शंका लागी चेकजाँच गर्दा बोरा भित्र उक्त मरिमाणको चाँदी फेला परेपछि साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित रहेको सशस्त्र प्रहरी वेश क्याम्प गोलागन्जका सशस्त्र प्रहरी निरीक्षक कबिर मलको कमान्डमा खटेको टोलीले चेकजाँच गर्ने क्रममा साहलाई उक्त चाँदी सहित पक्राउ गरेको हो । रौतहटसँग सिमा जोडिएको बाराको सतुवाहि टोलको सपहि मन्दिरको नजिकबाट मोटरसाइकल सहित साहलाई पक्राउ गरिएको छ । बरामद भएको चाँदीको मुल्य करिव १४ लाख रुपैया बराबरको रहेको सशस्त्र प्रहरी वेश क्याम्प गोलागन्जले जनाएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय कलैया पठाईएको छ भने बरामद भएको चाँदी र मोटरसाइकल आवश्यक कार्यवाहीको लागि बिरगंज भन्सार कार्यालय चलान गरिएको बाराबाट सिकेन्द्र साहले जानकारीदिनुयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *