
खाडि देश कतार जहाँ करिब ३ लाख भन्दा बढी नेपाल प्रबाशी कामदार कार्यरत छ्न। नेपाली कामदारहरुको केही समूहले सम्बन्धित निकायबाट पूर्व स्वीकृत नलिई भेला–बैठकको आयोजना गर्ने, चन्दा–रकम संकलन गर्ने जस्ता कार्यहरु गरेको भन्दै कतार सरकारले त्यहाँस्थित नेपाली राजदुतावासलाई पत्र पठाएको हो।
वैदेशिक रोजगारीको लागि कतार गएका कामदारहरुले पूर्व स्वीकृत नलिई स्थानीय कानुन र प्रचलन प्रतिकुल हुनेगरी यस्ता कार्य गरेकोले कतार सरकारको ध्यानाकर्षण भएको लिखित जानकारी गराएको हो ।आफ्ना नागरीकहरुलाई सम्बन्धित निकायबाट स्वीकृत नलिई राजनैतिक, सामाजिक र धार्मिक गतिविधि नगर्न/नगराउन सम्बन्धित मुलुकको कुटनीतिक नियोगमार्फत निर्देशन गर्न कतार सरकारले अनुरोध गरेको छन हेर्नू होश नेपाल एम्बेस्सी को पत्र।
Facebook Comments