Loading...
संसारको कुनै पनि देशको जनताले “म मङ्गोल” हुँ भनेर भन्दैन नपत्याए तिमी चाइना गएर ……………

दुर्गेश घले –

हुन त बिचराहरुले अंग्रेजी बुझ्दैनौ होला । संसारको कुनै पनि देशको जनताले “म मङ्गोल” हुँ भनेर भन्दैन नपत्याए तिमी चाइना गएर “I am Mangol” मात्रै भन तिमीलाई त्यहिँ ठाउँको ठाउँ नक्कली पासपोर्ट र नक्कली भिषा लाएर मङ्गोलियाको आतंकबादी घुसेछ भनेर तुरुन्त हत्कडी लाएर थुन्छ । ठिक यहि बाक्य तिमी अन्य देशमा जस्तै ताइवान, हंगकंग, भुटान, थाइल्यान्ड, म्यान्मार, फिलिपिन्स, इन्डोनेसि, उत्तर कोरिया, दक्षिण कोरिया आदिमा गएर भन त्यहाँ पनि तिमीलाई कुनै मंगोलियन आतंकबादीको भरियाले नक्कली पासपोर्ट र भिषा लिएर पसेछ भनेर पुलिस कस्टडीमा थुनी अनुसन्धान थाल्नेछ । तर “I am Nepalese” भनेर भन्यौ भने “ओहो सगरमाथाको देशको जनता पो रहेछ” भनेर सम्मान गर्नेछ ।

तिमीहरुले अन्य कुनै देशको जनताले “म मङ्गोल” भनेको सुनेको छौ ? सुनेको छैनौ किन कि तिमी जस्तो वेवकुफ अन्य देशका जनता छैनन् र यति सजिलै अरु देशका जनतालाई अहिले क्रिश्चियन मिसिनरी आतंकबादीले उल्लु बनाउन सकेको पनि छैन । तिमी मार्फत आज क्रिश्चियन मिसिनरी साँस्कृतिक आतंकबादीले तिम्रै मौलिक धर्म संस्कृतिमा आक्रमण गराउने प्रयास गरेको छ । तिम्रो सस्तो मुल्यको नेतालाई थोरै पैसामा किनेको छ । धेरै पैसा पर्ने चर्चमा जाँदा पास्टर र घरमा जाँदा बाहुन बन्ने एकनाथ ढकाल जस्ता बाहुन हुन् । तिम्रो नेतालाई सोध : पार्टी कसको पैसाले चलेको छ ? सोध : पार्टीको र तिम्रो खर्च बर्च कसरि चलेको छ ? उसले सहि उत्तर भन्ने छैन तर गहिरो गरेर आफै खोज-अनुसन्धान गर, थाहा पाउने छौ क्रिश्चियन मिसिनरीले NGO मार्फत दिलाएको रहेछ । अनि घरमा गएर बाजेलाई सोध : दशैँ कहिले देखि मान्न थालेको हो बाजे ? झाँक्री बस्दा ज्यानमा कुन देवी-देउता चढ्छन् र तातो ओदान समात्दा पनि पोल्दैन ? जब बाजेले सहि उत्तर दिनेछन तब दार्जिलिंगे क्रिश्चियन गोपाल गुरुङ्गले भिडाई दिएको MNO लेखेको टालो आची पुछेर फाल्दै त्यहि बर्ष देखि तिमीले मज्जाले दशैँ मनाउन थाल्ने छौ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *