
दुर्गेश घले
संसारको अन्य देशमा झैं पश्चिमा क्रिश्चियन मिसनले अहिले हाम्रो धर्म संस्कृतिमाथि हमला गरिरहेको छ । देशमा अराजकता ल्याउन जातीय झगडा र साँस्कृतिक असमझदारीलाई एउटा उपायको रुपमा प्रयोग गरिरहेको छ । माओबादीलाई गर्नु सम्म भरपुर प्रयोग गरे, माओबादीबाट जति लिन सक्थे त्यति लिइसके । माओबादीलाई नै मोहोरा बनाएर हिन्दुहरुको मन्दिरमा गाईको आन्द्रा झुण्डाए । धार्मिक अभियन्ताहरुलाई गोलि ठोकेर मारे, संस्कृत बिषय पढाउने शिक्षकलाई रुखमा बाँधेर हातखुट्टा भाँचेर गोलि ठोकेर मारे । राजसँस्थाको बिरुद्धमा तिनै प्रचण्ड बाबुरामद्वारा बिषबमन गराए । तिनले माओबादीबाट जति गराउन सक्थे त्यति गराए अब बढी गराउनको लागि अहिले पनि हेग को नाम लिएर प्रचण्डलाई झस्याङ्ग- झस्याङ्ग तर्साई रहेका छन ।
नेपालमा गरिबीको फाइदा उठाउँदै एक मानाको दरले चिउरा बोकेर बिकटका जनजाति बस्तीहरुमा बाइबल बाँडे, सिमेभूमे पुजा गर्ने चेपांगलाई पुरै क्रिश्चियन बनाए, तामांगको गुम्बा आलु गोदाम बनाएर छेउमा चर्च ठडाए । राई-लिम्बु देखि मगर गाउँको गल्लि गल्लि अनेक रुप धारण गरेर धर्म परिबर्तन गराउने प्रयास गरे । नेपाली समाज यति छिटो सचेत भयो कि यिनले अफ्रिकामा झैं पुरैको पुरैलाई रातारात धर्म परिबर्तन गराउन सकेनन । जनजाति बस्तीबाटै जनताले यिनलाई नांगेझार पारेर धपाउन सुरु गरे । अहिले यिनले अरु उपाय नलागे पछी सांस्कृति माथि मात्रै भए पनि हमला गर्ने प्रयास गरेका छन फलस्वरूप केहि उरन्थ्यौला प्रयोग गरेर निधारमा कालो टाँसी दशैँ बहिष्कार भन्दै सडकमा दगुराउँदै छन, यो खेति पनि छिट्टै बन्द हुनेछ ।
सुन्नमा आए अनुसार MNO ले युग पुरुष भन्ने गरेको दार्जिलिंगे गोपाल गुरुङ आफै अर्थोडक्स चर्चबाट पालित-पोषित व्यक्ति थिए । उनको पढाई-लेखाई देखि खर्च-बर्चको सबै ब्यबस्था अर्थोडक्स चर्चले गरेको थियो र उनि स्वयं झोले क्रिश्चियन थिए । MNO ले अहिले उठाएको मुद्धा उनै क्रिश्चियनको दलाल गोपाल गुरुङले सुनियोजित रुपमा ल्याएको जाळ हो । दशैँ सम्पूर्ण नेपालीको महान चाड हो, यो चाड नेपालमा भएका सम्पूर्ण जातजातिले आ-आफ्नै तरिकाले मनाउँछन र यो चाड जमघटको संगम पनि हो यसैले यसलाई छिन्नभिन्न पार्नको लागि अहिले MNO को आवरणमा यो चाड माथि क्रिश्चियनले हमला गर्ने प्रयास गरिरहेका छन जुन जनजाति समुदायबाटै बैचारिक प्रतिबाद सुरु भइसकेको छ ।
Facebook Comments