Loading...
नेता नेपालले किन भने-“ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ छन् नेपाललाई खतरा छ” यस्तो छ कारण

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ठुला राष्ट्रका स्वार्थबाट नेपाललाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर आकषिर्त भएको भन्दै उनले भ्रमणको सफलतासँगै खतरा पनि बढेको बताउनु भएको छ । शनिबार राजधानीमा संचार केन्द्र नेपालले गरेको कार्यक्रममा नेता नेपालले ठूला राष्ट्रहरुको स्वार्थ पुरा गर्ने माध्यम बन्नबाट नेपाललाई जोगाउनुपर्ने धारणा राख्नु भएको हो ।

उनले गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वलाई उद्देश्यमा स्पष्ट हुन आग्रह समेत गरेका छन् । दोहोरो नागरिकता र राजनीतिक अधिकारको खोजीलाई ‘चिची पनि पापा पनि’को संज्ञा दिँदै उनले यो सम्भव नहुने बताउनु भएको छ । उहाले भन्नु भयो-  ‘चिची पनि पापा पनि हुँदैन । राजनीति गर्न खोजेको भए पहिला जनताको मन र विश्वास जित्नुहोस् । उद्देश्यमा क्लियर हुनुहोस् ।’

नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय गर्नुपर्ने भन्दै उहाले भन्नु भयो -‘धेरै माया गर्यो भने खतरा हुन्छ किनकी सबैका आफ्ना आफ्ना हितहरु हुन्छन्, हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुनसक्छ ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *