
२०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् । बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइतेहरु अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने भएको छ ।
घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाएको छ ।
अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले बताएको आजको नागरिक दैनिकमा समाचार प्रकाशित भएका छन् ।
Facebook Comments